२०८१ मंसिर १४ , शुक्रवार

ओम समाज डेन्टल हस्पिटल र महालक्ष्मी विकास बैंक बीच छुट सम्बन्धी सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । ओम समाज डेन्टल हस्पिटल र महालक्ष्मी विकास बैंक लि. बिच छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा महालक्ष्मी विकास बैंक लि. का तर्फबाट बसन्त बक्षी तथा अस्पतालका तर्फबाट डा.सुभाष घिमिरे ले हस्ताक्षर गरेका छन् ।

 

सबैको पहुचमा दन्त उपचार सहज सुलभ बनाउने उदेश्यका साथ यो सम्झौता गरिएको ओम समाज डेन्टल हस्पिटलले जनाएको छ । यो सम्झौता अनुसार महालक्ष्मी विकास बैंक लि.का ग्राहक (खाता वाला)ले ओम समाज डेन्टल हस्पिटलमा दन्त उपचार गराउदा १५ प्रतिशत छुट लिन पाउने व्यवस्था मिलाइएको छ ।

 

ओम समाज डेन्टल हस्पिटल “जसको दाँत सबल उसको जीवन सफल” नारा लिएर सबैलाई दन्त उपचार सहज बनाउने अभियानमा रहेको र अन्य संघ संस्था संगको सहकार्य निरन्तर जारी राख्ने हस्पिटलका प्रमुख अजय रेग्मीले जानकारी दिएका छन ।