सुनाखरी न्युज/ काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ ।
बिहीवारको बैठकले उप निर्वाचनबारे निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । राष्ट्रिय सभामा रिक्त रहेको एक सिटका लागि उपनिर्वाचन हुन लागेको हो । रुपन्देही-५ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिएपछि एमालेका नेता खिमलाल भट्टराईको राष्ट्रिय सभाको पद गएको थियो ।
तर उनको उम्मेदवारी निर्वाचन आयोगले स्वीकृत भने गरेन । उक्त क्षेत्रमा एमालेकै बासुदेव घिमिरेको उम्मेदवारी कायम भएको थियो । निर्वाचन आयोगको टोलीले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय सभा निर्वाचनबारे सरकारलाई परामर्श दिएको थियो ।