२०८१ मंसिर १० , सोमवार

अर्थ सचिवमा राया र राजस्वमा घिमिरेलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

सुनाखरी न्युज/ काठमाडौं । अर्थ मन्त्रालयका दुई सचिव हेरफेर भएकाे छ ।

 

बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

 

राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । हाल मन्त्रालयमा कृष्णहरि पुष्कर अर्थसचिव र राजस्वमा रामेश्वर दंगाल थिए ।