२०८१ मंसिर १ , शनिवार

देशभरको मौसममा वदली, हुस्सु–कुहिरोसहित शितलहरको जोखिम

सुनाखरी न्युज/ काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

 

देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो शितलहर लागिरहेको छ ।

 

तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।