सुनाखरी न्युज/ काठमाडौं । चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीले अबदेखि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र र नागरिकता चाहिने भएको छ। आयोगले प्रवेश परीक्षा दिन परिचयपत्र अनिवार्य गरेको हो।
चिकित्सा शिक्षा आयोगले स्नातक तह अन्तर्गत चिकित्सा शिक्षा पढ्न चाहने विद्यार्थीका लागि राष्ट्रिय परिचयपत्र र नागरिकता अनिवार्य गराएको हो। एकीकृत प्रवेश परीक्षाका लागि आवेदन दिन राष्ट्रिय परिचयपत्र र नागरिकताको प्रमाणपत्र अनिवार्य गरिएको
त्यस्तै विदेशी विद्यार्थीको हकमा सम्बन्धित देशको पासपोर्ट वा आधारकार्ड देखाउनुपर्नेछ। आयोगले इन्ट्रान्स परीक्षा भने फागुन २४ गतदेखि २८ गतेसम्मका लागि तोकेको छ।