सुनाखरी न्युज/ काठमाडौं । कृषि विकास बैंक लिमिटेडद्धारा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत ललितपूर वडा नं. १० टोल सुधार समिती कोपुण्डोल लाई स्वास्थ्य ल्याब संचालनार्थ नगद रु. ५ लाख सहयोग हस्तान्तरण गरियो ।
सो कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदी, निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, शाखा संचालन तथा बजार विभागका प्रमुख मिनराज पोखरेल, मुख्य शाखा लगनखेलका प्रबन्धक नारायण आचार्य,कोपुण्डोल शाखाका प्रबन्धक प्रमोद कुमार ढकाल ज्यूको उपस्थिती रहेको थियो । सो कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष मथुरा विष्ट, वडा नं. १० का वडा अध्यक्ष रविन व्यञ्जनकारको उपीस्थती रहेको थियो । सो कार्यक्रमा बैैकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदी तथा निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले आफ्नो मन्तव्य राख्नु भएको थियो साथै वडा नं. १० का वडा अध्यक्ष रविन व्यञ्जनकार टोल सुधार समिति तथा स्वास्थ्य समिति अध्यक्ष मथुरा विष्ट, समाजसेवी तथा स्वास्थ्य समिति उपाध्यक्ष अमर अमात्यले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रममा कृषि विकास बैंक लिमिटेडले सामाजिक सामुदायिक कार्यक्रम मार्फत देश भरिनै शिक्ष स्वास्थ्य खानेपानी सरसफाई लगायतका क्षेत्रमा सहयोग मार्फत जन समुदायको सरोकारको हितमा हातेमालो गर्दै आइरहेको जानकारी गराइएको थियो । १० नं वडाका अध्यक्ष रविन व्यञ्जनकारले वडाको प्रमुख दायीत्व शिक्षा र स्वास्थ्य भएकोले सो क्षेत्रमा प्राथमिकताका साथ कार्य गर्दै जाने जानकारी गराउनु भएको थियो ।