२०८१ मंसिर १४ , शुक्रवार

प्रभु बैंकको एटीएम, इन्टरनेट र मोबाइल बैंकिङ सेवा ५ दिनसम्म नचल्ने

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंकको एटीएम, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा आजदेखि पाँच दिनसम्म नचल्ने भएको छ ।

 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडसँग मर्ज हुन लागेसँगै​ कोर बैंकिङ सिस्टममा हुने परिवर्तनका कारण प्रभु बैंककाे सेवा आज राति १० बजेदेखि मंगलबार बिहान ९:४५ बजेसम्म नचल्ने भएको हो ।

 

यसअन्तर्गत एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा बन्द रहने बैंकले जनाएकाे छ ।