२०८१ मंसिर १ , शनिवार

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने

सुनाखरी न्युज/ काठमाडौं । बैंकको मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट तथाक्रेडिट कार्ड, एटिएम तथाएजेण्ट मार्फत हुने रेमिटयान्स् सेवाभने यथावत संचालनमा रहनेछ ।

 

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडू बीच मर्जर प्रश्चात आगामी पौष २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ । यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्तावपारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृती प्राप्त भइसकेको छ । बैकको मर्जर पश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि आगामी शनिबार र आइतबार २ दिनग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहनेछ ।

 

तर सो अबधिमा बैंकको मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट तथाक्रेडिट कार्ड, एटिएम तथाएजेण्ट मार्फत हुने रेमिटयान्स् सेवाभने यथावत संचालनमा रहनेछ । यसबाट आफ्नाग्राहकमहानुभावहरुमा पर्न जाने असुविधाप्रति बैंक क्षमाप्रार्थी छ । मर्जर पश्चात् बैंकको कूलपुँजी रु. ५७ अर्ब, चुक्तापूँजी रु. ३५.७७ अर्ब, कूलनिक्षेप रु. ४०८ अर्ब, कूलकर्जा रु. ३७६ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूलपंँुजी, चुक्तापुँजीतथाव्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ । नयाँबैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनुहुनेछ । त्यसैगरी बैंकको प्रमुखकार्यकारी अधिकृतको रुपमाग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराजबज्राचार्य रहनुहुनेछ । २१ वटा बैंक तथावित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

 

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखाकार्यालय, ३६७ एटिएम, २८६शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखाकार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढि ग्राहकहरु सहितअन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक हुनेछ ।