२०८१ मंसिर ३ , सोमवार

घुस लिएको अभियोगमा कम्प्युटर अपरेटरविरुद्ध मुद्दा

सुनाखरी न्युज/ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

 

रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग ११ हजार रुपैयाँ बराबरको घुस लिएको पाइएको छ। आयोगले यादवलाई गत असोज ३१ मा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो।

 

आयोगका अनुसार अपरेटर यादवले दुई पटक गरी ११ हजार रुपैयाँ बराबरको घुस लिएको पाइएको छ। आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार आरोपितलाई बिगो बमोजिम सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।