२०८१ मंसिर ३ , सोमवार

राष्ट्रपति भण्डारीको साझा वस यात्रा

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट शनिबार यात्रुवाहक साझा यातायात बस चढेर पाटन पुगेकी छन् । पाटन पुगेर उनले पिम्बाहा पोखरी, मल्लकालीन संगीत प्रदर्शनी साथै मदन पुस्तकालयको अवलोकन गरेकी छन् ।पाटन बसपार्कमा राष्ट्रपति भण्डारीलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।

 

पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन् । पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिइन् । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन् ।  काठमाडौंको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्किएकी छन् ।