२०८१ पुष १२ , शुक्रवार

चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि खोल्यो ‘ट्रान्जिट’

सुनाखरी न्युज/ काठमाडौं । लकडाउनका कारण ०७६ चैतदेखि रोकिएको चीन हुँदै अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोप लगायतका मुलुक छिर्ने हवाई ‘ट्रान्जिट’ आजदेखि खुला भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, चीनको सरकारी ध्वजाबहाक वायुसेवा एयर चाइनाले चीन हुँदै तेस्रो मुलुक जाने नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय हवाई रुट खुला गरेको छ । यो निर्णयले मलेसिया, हङकङ, श्रीलंका, भारत, दोहा, दुबई, टर्कीको बाटो हुँदै एकतर्फी कम्तीमा डेढ लाख रुपैयाँ हवाई भाडा तिर्ने नेपाली विद्यार्थी, कामदार, अभिभावकलाई सस्तो र सहज हुने छ ।

पर्यटन व्यवसायीहरुले चीनले ट्रान्जिट खोल्दा नेपाली यात्रुलाई सहज र सस्तो हुने बताएका छन् । ‘अहिले पूर्वी र मध्यपूर्वी मुलुकहरुका सीमित वायुसेवाबाट यात्रुले एकतर्फी महँगो टिकटमा उड्नु परिरहेको थियो ।