२०८१ आश्विन ६ , आइतवार

‘फूलैफूल दिन्छौ कि’को फिमेल भर्सन ट्रेन्डिङमा

सुनाखरी न्युज/ काठमाडौं । आनन्द अधिकारीका शब्दमा आशिष अविरलले संगीत र एरेन्ज गरेको ‘फूलैफूल दिन्छौ कि’ गीतको फिमेल भर्सन पनि युट्युब ट्रेन्डिङमा आएको छ ।

 

यसअघि शिव परियारको स्वरमा रहेको यो गीतलाई अस्मिता अधिकारीको स्वरमा रेकर्ड गरेर म्युजिक भिडियो बनाइएको छ । दुई दिन अघिमात्र आशिष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत एक लाखभन्दा बढीले हेरिसकेका छन् । यसबाट उत्साहित भएका आशिष भन्छन्, यसअघि शिव परियारले गाएको यो गीत युट्युबमा लामो समयसम्म शीर्ष स्थानमा रहेको थियो ।

अहिले अस्मिता अधिकारीले गाएको गीतलाई पनि दर्शक स्रोतहरुले रुचाइदिनु भएको छ । गीत राम्रो बनेको भनेर धेरै जनाबाट सकारात्मक प्रतिक्रिया पाउँदा आफू उत्साहित भएको पनि उनले बताए । आशिषकै राग स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोमा सोनिका भण्डारी, प्रभात पल, सन्जय ढुंगाना, प्रतिक गौतम र सगुन तामाङको अभिनय छ । म्युजिक भिडियोको निर्देशन विकास प्रसाईंले गरेका छन् ।https://www.youtube.com/watch?v=uyzYwzFAic8