२०८१ मंसिर १ , शनिवार

राष्ट्रियसभा उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि दल तर्ता गर्न आह्वान गरेको छ । आयोगले एक सुचना जारी गर्दै उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो ।

 

राष्ट्रिय सभाको उपनिर्वाचन आगामी माघ २५ गते हुन हुने तय भएको छ । आयोगको सुचनामा यही पुस २८ गतेभित्र दल दर्ता गर्न भनिएको छ । राष्ट्रिय सभाका लागि लुम्बिनी प्रदेशमा एक पद रिक्त रहेको छ । तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको हो ।

 

नेकपा एमालेका नेता भट्टराईले रुपन्देही–५ बाट प्रतिनिधिसभामा चुनाव लड्न पदबाट राजीनामा दिएका थिए ।