सुनाखरी न्युज/ काठमाडौं । माया खोला हाईड्रोपावरको वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको लागि निष्काशन गरेको शेयर बाँडफाँड भएको छ । कम्पनीको शेयर शुक्रबार बाँडफाँड भएको हो । कम्पनीका अनुसार १० कित्ता देखि ३० कित्ता आवेदकहरुलाई माग बमोजिम तथा ४० कित्ता देखि ६ हजार ३०० सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ताको दरले गरी जम्मा ८ हजार २५७ जना आवेदकहरुलाई २ लाख १५ हजार ६७० कित्ता शेयर बाँडफाँड भएको हो ।
बाँकी रहेको शेयरको लागि ४० कित्ता देखि ६ हजार ३०० कित्ता शेयर आवेदन दिने ५ हजार ४८३ जना आवेदकहरुबाट २४ हजार ३३० कित्ता गरी जम्मा २ लाख ४० हजार कित्ता शेयर बाँडफाँड सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो । कम्पनीले १०० रुपैयाँ अकिंंत दरको २ लाख ४० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि छुटयाईएको थियो । कम्पनीले उक्त शेयरका लागि मंसिर २३ गते देखि मिति पुस ८ गते सम्म आवेदन खुल्ला गरेको थियो । आवेदन अनुसार सि—आश्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट जम्मा ८ हजार ८०७ जना आवेदकहरुबाट ७ लाख ७४ हजार २३० कित्ता शेयरको लागि आवेदन परेको थियो ।
जसमा सि—आश्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट विभिन्न कारणबाट ५४८ जना आवेदकहरुबाट प्राप्त ४७ हजार ३६० कित्ता शेयरको लागि आवेदन रद्द भएको थियो । बाँकी रहेको ८ हजार २५९ जना आवेदकहरुको ७ लाख २६ हजार ८७० कित्ता शेयरको लागि आवेदन प्राप्त भएकोमा निष्काशन तथा बिक्री प्रबन्धकबाट आवेदन रुजु गर्दा १ जना आवेदकले दुई वटा हितग्राही खाताबाट ३० कित्ता शेयरको लागि आवेदन गरेकोले सोलाई रद्द गरी बाँकी हुन आएको ८ हजार २५७ जना आवेदकहरुबाट प्राप्त ७ लाख २६ हजार ८४० कित्ता शेयरको आवेदन प्राप्त भएको थियो । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सिडिएससिको वेवसाइटबाट हेर्न सकिनेछ ।