२०८१ पुष २८ , आइतवार

एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटीएम ह्याक गरेर रकम चोरी भएकाे घटना यसअघि बाहिरिएपछि बैंकले एटीएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ ।

 

एटीएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ ।

 

बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ । एटीएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैंकले जोड दिएको छ ।

May be an image of 1 person and text that says 'ATM कार्ड प्रयोग गर्दा सावधानी अपनाऔं ATM आफनो पिनकोड गोप्य राख्नुहोस् अपरिचत मान्छेबाट ठाढै बस्नुहोस एटिएम प्रयोग गर्द खाताबाट पैसा काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्नुहोस आवश्यक परे बैंकका कर्मचारीहरुसँग सम्पर्क गरी सहयोग लिने गर्नुहोस नेपाल राष्ट्र बैक Nepal Rastra Bank अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटिएम कार्ड र पिन नम्बर सेयर नगराँ| NRB.CentralBank NepalRastraBank NepalRastraBank www.nrb.org.np'