२०८१ मंसिर ३ , सोमवार

सखरखण्डका खानुको फाइदाहरु

सुनाखरी न्युज /काठमाडौं ।

सखरखण्ड वनस्पतिको जरा हो, जुन ‘स्टार्च’ले भरिएको हुन्छ तथा स्वाद गुलियो हुन्छ । यसको बोक्रा पातलो र बाहिर खैरो वा हलुका कफी रङको हुन्छ र भित्र रातो रङको हुन्छ । यो विभिन्न रङको हुन्छ। यो कतै सुन्तला रङमा पाइन्छ भने कतै सेतो, बैजनी, पहेँलो वा नौनी ध्यू रङको पनि हुन्छ । नेपालमा कुनै भूभागमा यसलाई सखरखण्ड भनिन्छ भने कतै सुठुनी र तराईमा अलुवा पनि भनिन्छ ।यसमा भिटामिन ए र भिटामिन डी समेत उल्लेख्य पाइने हुनाले सखरखण्ड स्वस्थ आँखा र हड्डीका लागि उपयोगी हुने उनको भनाइ छ। ‘सखरखण्डमा आइरन, फोलेट, कपर, म्याग्नेसियम, भिटामिन पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ,’ बानियाँ भन्छन्, ‘क्यान्सरको कारक तत्त्व मानिने फ्री रेडिकल्ससँग लड्न समेत यसले मद्दत पुर्‍याउँछ ।’

 

सखरखण्डमा पाइने पोषक तत्व
सखरखण्ड फाइबर, भिटामिन बी र सीसँगै आइरन, क्याल्सियम, सेलेनियमजस्ता खनिजले भरिपूर्ण हुन्छ । यसबाहेक सखरखण्डमा बिटा–क्यारोटिन भन्ने पोषक तत्व प्रचूर मात्रामा पाइन्छ, जुन ‘एन्टिअक्सिडेन्ट’ हो । हामीले खाएको बिटा–क्यारोटिन शरीरमा भिटामिन एमा परिणत हुन्छ । ८० ग्राम सखरखण्डले नै हामीलाई पर्याप्त पोषण दिन्छ ।

 

के सखरखण्डले क्यान्सरको जोखिम घटाउँछ ?
क्यान्सर लगायत अन्य रोगको जोखिम घटाउने कुनै एउटा विशेष खानेकुरा वा ‘सुपरफुड’ छैन । किनभने क्यान्सर हुने सम्भावन भोजनसँग गाँसिएको छैन । तर, हामीले स्वस्थकर र पोषणयुक्त भोजन गरे क्यान्सरको जोखिम घट्ने विभिन्न अध्ययनले देखाएका छन् ।
फलफूल र सागसब्जीमा प्रचूर मात्रामा एन्टिअक्सिडेन्ट र ‘कम्पाउन्ड्स’ पाइन्छ, जसले हाम्रो शरीरलाई ‘फ्रि ¥याडिकल’ले गर्ने हानीबाट बचाउँछ । विभिन्न अध्ययनले सखरखण्डको बोक्रामा पाइने दुर्लभ एन्टिअक्सिडेन्ट र विशेषगरी वैजनी रंगको सखरखण्डले शरीरमा हुने ‘अक्सिडेसन’ प्रक्रिया न्यून गर्ने भएकाले क्यान्सरको जोखिम घटाउन सघाउने देखाएका छन् । एसिया महादेशमा गरिएको एउटा अध्ययनले अत्यधिक मात्रामा भिटामिन ए पाइने खानेकुरा ९सखरखण्डको पातसमेत० ले फोक्सोमा क्यान्सर हुने जोखिम घटाउने देखाएको छ ।

 

सखरखण्ड पाचनमा सहायक

सखरखण्डमा पाइने अत्यधिक फाइबरले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्ने पोषणविद्हरू बताउँछन् । अहिलेसम्म जनावरमा मात्र अनुसन्धान गरिए पनि सखरखण्डमा पाइने ‘फाइटोस्टेरोल’ले पाचन प्रणालीको सुरक्षा गर्ने र पेटको तथा सानो आन्द्राको अल्सरबाट जोगाउन उपयोगी हुने संकेत पाइएको छ । यसले ‘इबुप्रोफिन’जस्ता एनएसएआइडिएस ९नन स्टेराइडल एन्टिइन्फ्लेमेटरी ड्रग्स० औषधिको प्रयोगबाट हुने नकारात्मक असरसमेत न्यून पार्छ ।

 

के सखरखण्डले टाइप टु मधुमेहबाट जोगाउन सहयोग गर्छ ?

सखरखण्डले टाइप टु मधुमेह व्यवस्थापनमा सघाउने वा उपयोगी छ÷छैन भन्नेबारे अझै धेरै अनुसन्धान हुन बाँकी छ । तर, यसबारे भएका केही अनुसन्धानले भने सामान्य मात्रामा सखरखण्ड र यसका पातको उपयोगले टाइप टु मधुमेहका रोगीलाई रगतमा चिनीको मात्रा नियन्त्रणमा सघाउने देखाएका छन् ।