२०८१ पुष २८ , आइतवार

गैरकानूनी अनलाइन कारोबार रोक्न प्राधिकरणले दियो निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानूनी अनलाइन कारोबार रोक्न निर्देशन दिएको छ । प्राधिकरणले आज ए सूचना जारी गरी त्यस्तो कारोबार रोक्न निर्देशन दिएको हो ।

 

प्राधिकरणले आज जारी गरेको सूचनामा गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ । नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको प्राधिकरणले जनाएको छ ।

 

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायत गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाललगायत भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी व्यवस्था गर्न निर्देशन दिइएको छ ।

May be an image of text