२०८१ माघ २ , बुधवार

चितवनका १८ क्रसर उद्योग बन्द

सुनाखरी न्युज/ काठमाडौं । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गराएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार यसअघि नै बन्द भएका पाँचसहित थप १३ वटा क्रसरलाई बन्द गराइएको हो ।

जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकाकाका पाँच वटा क्रसर उद्योग बन्द गराएको छ । महानगरपालिका वडा नं. १ मा उक, वडा नं. २९ मा तीन, वडा नं. २६ मा एक क्रसर बन्द गराइएको छ । यस्तैं, खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका. माडी नगरपालिका र कालिका नगरपालिकाका एक/एक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ । बन्द गराइएका क्रसरमा दिइएको विद्युत लाइनसमेत काटिएको छ । क्रसर उद्योगलाई बैधानिक रुपमा सञ्चालन गर्न दर्ता, नवीकरणसहितका कागजात लिएर प्रशासनमा उपस्थित हुने भनिएको छ ।

 

‘दर्ता नवीकरणसहितको मापदण्ड पुगेका क्रसर उद्योग मात्रै अब सञ्चालनमा आउँछन् नभए बन्द हुन्छन्’, प्रमुख जिल्ला अधिकारी तामाङ्गले भने, ‘जथाभावी क्रसर चलाउन पाइदैन ।’उनले केन्द्रीय सरकारको निर्देशन अनुसार पुस २१, २२ र २३ गते अनुगमन गरिएको बताए ।