२०८१ आश्विन ६ , आइतवार

‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज

सुनाखरी न्युज/ काठमाडौं । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत सिनेमा ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच रिलिज गरिएको ट्रेलर शीर्ष पात्र हरि ‘जितु’को वरिपरि घुम्छ ।

 

आफ्नो अधवेशें छोराले विवाह नगरेसम्म पुर्ख्यौली जग्गामा दाबी गर्न नपाउने आमाको निर्णयसँगै सिनेमाको कथा अगाडी बढ्छ । त्यसबीचमा आउने ३० लाखको विर्यदानले कथामा ट्विस्ट ल्याउँछ । पैसाको लागि जितुले विर्यदान गर्दा साम्राज्ञीसँग भेट हुन्छ । उनले साम्राज्ञीसँग सर्तसहित विवाह गर्छन् । त्यसपछि मुख्य पात्रको जीवनमा आउने उतारचढाव ट्रेलरमा देखाइएको छ । डा. कपिल रिजालको डेब्यु निर्देशनमा तयार भएको सिनेमाको ट्रेलर रोमाञ्चक बनेको छ । ट्रेलर हेरिरहँदा दर्शकमा कौतुहलता पैदा गर्न सक्षम हुन्छ ।

 

माघ २० देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा साम्राज्ञी र जितुसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरूको अभिनय छ । निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ । सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषालरशिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् । बिआर प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।