२०८१ आश्विन ६ , आइतवार

‘सुन्तली’ले निर्देशन गरेको ‘मैं राम्री’बिहीबारदेखि प्रसारण हुने

सुनाखरी न्युज/ काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित वेब सिरिज ‘मैं राम्री’को प्रसारण आगामी बिहीबारबाट हुने भएको छ । कुञ्जना घिमिरे ‘सुन्तली’को निर्देशन रहेको सिरिज ‘धुर्मुस सुन्तली’ युट्युब च्यानलबाट प्रत्येक बिहीबार साँझ पौने सात बजे प्रिमियर हुनेछ ।

 

नेपाली समाजका विभिन्न विषयवस्तुलाई सिरिजमा उतारिएको कुञ्जनाले बताइन् । ‘हामीले युवापुस्ताको जीवनमा आउने उताढचढावलाई मुख्य विषय बनाएका छौं । प्रत्येक साता सिरिजको रुपमा प्रसारण हुनेछ,’ उनले भनिन् । सिरिजको केही भाग छायांकन भइसकेको छ भने अन्य भागको तयारी भइरहेको छ । सिरिजको सम्पादन मित्र गुरुङले गरेका छन् ।

 

शुबिहानी फिल्म्सको ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बानियाँ, रेखा लिम्बू, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई र मिलन राईको अभिनय छ ।