२०८१ आश्विन ६ , आइतवार

शोभित बस्नेतको फिल्म ‘जय हो’मा अर्पण थापा अनुबन्धित

सुनाखरी न्युज/ काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’को नायकमा अर्पण थापा अनुबन्धित भएका छन् । सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्म्स र अभिनेता थापाबीच सम्झौता भएको हो ।

 

फिल्ममा सलोन बस्नेत पनि मुख्य भूमिकामा रहनेछन् । पौरखी राईले निर्देशन गर्ने फिल्मको छायांकन माघ अन्तिम सातादेखि काठमाडौं, पोखरा र मुस्ताङमा गरिने जनाइएको छ । फिल्ममा सुरेश न्यौपानेको कथा, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहनेछ ।

 

‘जय हो’मा राज के अधिकारी र सुरज सरकार निर्माता रहनेछन् । अधिकारी र सरकार जय हो बिजनेस ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । सिनेमामा रामजी राउत क्रियटिभ निर्देशकको रुपमा रहनेछन् ।