२०८१ मंसिर १४ , शुक्रवार

एनएमबि बैंकको २७औं बार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गर्नु भएको थियो । उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगदलाभांशपारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममाखुदनाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको छ ।

 

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।