२०८१ मंसिर १४ , शुक्रवार

कृषि विकास बैंकको लाभांश घोषणा

सुनाखरी न्युज/ काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

 

बैंकको आज (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद (कर सहित) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। त्यसैगरी, बैंकले अग्राधिकार सेयर पुँजीमा वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा समेत गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउँनेछन्।

 

हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख १५ हजार २०० रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो। गत वर्ष भने कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो। गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।