सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नाम बाट एकीकृत कारोबार सुरु गरेका छन् ।
काठमाडौँमा आयोजित एक विशेष कार्यक्रम बीच सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड”ले दुई बैंकको मर्जर पछि एकीकृत कारोबारको शुभारम्भ गर्नु भएको छ । एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरु ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताउनु भयो । “बैंक मर्जर असाधारण कामहो, यो प्रसंशा योग्य छ । बैंक ठूलाहुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ । ठूला बैंकले मुलुकको दूरदराज सम्म नबिनतम बैंकिङ्ग सेवा रवित्तीय साक्षरताअभिवृद्धि गर्नकामगर्न जरुरी छ,” उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीदाहालले मुलुकको अर्थतन्त्र सुधारउन्मुख रहेको र यसका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो । साना व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गर्नु भएका ग्लोबल आइएमई बैंकका अध्यक्षचन्द्र ढकाल र आफ्नो राजनितिक जीवनमा धेरै समानता रहेको बताउँदै प्रधानमन्त्रीदाहालले मुलुककै सबैभन्दा ठूलो बैंकको अध्यक्षबन्न सफलहुनुभएकोमाअध्यक्ष ढकाललाई बधाई तथा शुभकामना समेत दिनुभएको छ । प्रधानमन्त्रीदाहालले वर्तमान सरकार अर्थतन्त्र सुधारमा केन्द्रित रहेको र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । “वर्तमान सरकार मुलुकको अर्थतन्त्र सुधार गर्न प्रतिवद्ध छ । हामीले हाम्रो पहिलो क्याबिनेट बैठकबाट नै मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथकाम सुरु गरेका छौं,” उहाँले भन्नुभयो ।
नेपाल सरकारका मुख्य सचिबशंकरदास बैरागीले अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखिएकोले निजी क्षेत्र हतोत्साहितहुनुपर्ने अवस्थानभएको बताउनुभयो । “अर्थतन्त्रमा सकारात्मक संकेत र आर्थिक सूचकमा सुधार आएको छ । बैंकहरुको ठूलो मर्जरले वित्तीय क्षेत्रको स्थायित्वमा ठूलो योगदान पु¥याउन सक्छ,” उहाँले भन्नुभयो । उहाँले नेपाल सरकार निजी क्षेत्रलाई साथमालिएर, निजी क्षेत्रको मनोबल बढाएर अगाडि बढ्ने बताउनुभयो । नेपाल राष्ट्र बैंककागभर्नर महाप्रसाद अधिकारीले बैंक तथावित्तीय संस्थाहरुको मर्जरले बैंक तथावित्तीय संस्थाहरु ठूला र सबलबन्दै जाँदा वित्तीय मध्यस्थता लागतकम हुँदै जाने बताउनुभयो । उहाँले मर्जरले बैंकहरु ठूला बन्दै जाँदाबैंकहरुले स्वनियमनमा बस्नुपर्ने बताउनुभयो ।
उहाँले ठूला बैंकले एकलग्राहकसिमामाआन्तरिक सिमा समेत कायम गरी सानातथामझ्यौलाऋणिहरुलाई ऋण प्रवाहगर्नुपर्ने समेत बताउनुभयो । ग्लोबल आइएमई बैंककाअध्यक्षचन्द्रप्रसाद ढकालले नेपाली बैंकिङ्ग क्षेत्रकालागिआजको दिन एउटा ऐतिहासिकदिन रहेको बताउँदै यस मर्जरसँगै अधिकांशवित्तीय सूचकहरुमाग्लोबल आइएमई बैंक नेपालको नम्बर वान बैंक बनेको बताउनुभयो । “हुन त यसअघि पनिहामी धेरै सूचकमानम्बर वान् नै थियौं तर आजको मर्जरपछिहामीझनै माथिउक्लिन सफलभएकाछौं । यो मर्जरसमेत गरेर हालसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहितकुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु एउटै संस्थाका रुपमा एकीकृत गरेका छौं,” उहाँले भन्नुभयो ।
अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि ग्लोबल आइएमई बैंकले त्यसलाई पछ्याउँदै अघि बढेको र सरकारतथा नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई कार्यान्वयनमाल्याउने लिडर रहेको बताउनुभयो । नेपालउद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मर्जरले बैंक सबल बन्ने र सबल बैंकले अर्थतन्त्र सबल बनाउन सहयोग पुग्ने बताउनुभयो । नेपालउद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ग्लोबल आइएमई बैकलाई सफल मर्जरको लागिशुभकामनाव्यक्तगर्दै ग्लोबल आइएमई बैंकको नेतृत्वमाव्याजदर घटाउन पहलगर्न आग्रहसमेत गर्नुभयो ।
बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले बैंकको पूँजीगतआधार विस्तार गर्दै क्षमताविकास गर्न मर्जरमागएको बताउनुभयो । उहाँले बैंकिङ्ग क्षेत्रप्रति आमजनताको विश्वास बढ्दै गएको बताउँदै यसले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मकभूमिका रहने बताउनुभयो । बैंक अफ काठमाण्डूका संचालकतथा संयुक्त मर्जर कमिटिका संयोजक राधेश पन्तले मर्जरको पहिलो सम्झौताभएको ६ महिनाभित्र मर्जर सम्पन्नभएको बताउनुभयो । दुवै बैंककाआआफ्नै विशेषता रहेको बताउँदै उहाँले मर्जरपछि बैंकको व्यवसायको लागतकमहुने बताउनुभयो । उहाँले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ समारोहमाउपस्थित सम्पूर्ण विशिष्ट पाहुनाहरुलाई धन्यवादव्यक्तगर्नुभएको छ ।
नयाँ बैंकको सञ्चालक समितिमाग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्षचन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनुहुनेछ । त्यसैगरी बैंकको प्रमुखकार्यकारी अधिकृतको रुपमाग्लोबल आइएमई बैंककाप्रमुखकार्यकारी अधिकृत रत्नराजबज्राचार्य रहनुहुनेछ । २१ वटा बैंक तथावित्तीय संस्थाहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहितभएकाछन् ।
मर्जर पश्चात् बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ, कुलपूँजी ५७ अर्ब रुपैयाँ, चुक्तापूँजी ३५.७७ अर्ब रुपैयाँ, कुलनिक्षेप ४ खर्र्ब१२ अर्ब रुपैयाँ, कुलकर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँभएको छ । मर्जरपछि बन्ने नयाँ बैंक कुलपंूँजी, चुक्तापूँजी, शाखा सञ्जालतथाव्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बनेको छ । दुई बैंकहरुको मर्जर पश्चात् कुल ३६५ शाखाकार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखाकार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढि ग्राहकहरु सहितअन्य धेरै वित्तीय परिसुचकहरुमाग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।