२०८१ मंसिर १२ , बुधवार

घरायसी झगडाले दम्पतीको गयो ज्यान

सुनाखरी न्युज/ काठमाडौं । सामान्य विवादले सुरु भएको घरासयी झगडाले चितवनमा एक दम्पतीको ज्यान गएको छ । श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् ।

 

भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित खेतबारीका २३ वर्षीय प्रेमबहादुर रानामगरले चौकोस प्रहार गर्दा उनकी श्रीमती २१ वर्षीय बुद्धिमाया रानामगरको मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि रानाले पासो लगाएर आत्महत्या गरेका हुन् । उनीहरुको चार वर्षका छोरा छन् । कामबाट फर्किएपछि उनीहरुबीच झगडा भएको स्थानीयले बताए । सोमबार साँझ साढे सात बजेतिर घटना भए पनि बिहान मात्रै थाहा भएको वडाध्यक्ष क्याप्टेन सूर्यबहादुर गुरुङले बताए ।

 

‘श्रीमतीलाई खाली शंका मात्रै गर्दा अघिपछि झगडा हुने गरेको रैछ’ , उनले भने, ‘ हिजो श्रीमतीलाई चौकोसले हानेपछि आफू डोरी लगाएर झुण्डिएको हो । नजिकै घर नभएको कारण बिहान मात्रै थाहा पाइयो। सामान्य घरायसी विवादले सुरु भएको झगडाले हत्याको रुप लिएको हो । पोष्टमार्टमका लागी शवलाई भरतपुर अस्पताल लगिएको छ ।’ शव घर बाहिर आँगनमा रहेको अगेनाको छेउमा मृत अबस्थामा फेला परेको डिएसपी नरहरि आचार्यले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।