सुनाखरी न्युज/ काठमाडौं । थापाथलीमा फुटपाथ व्यापारीमाथि फेरि काठमाडौं महानगरपालिकाका नगर प्रहरीले लछारपछार गरेका छन् ।
मंगलबार महानगरबाट खटिएको नगर प्रहरीको टोलीले फुटपाथ व्यापारीका मकै, बदाम, दाउरा कपडालगायत सामान खोसेको हो । ६० वर्षीय तेजबहादुर तामाङ र सीता लामा दम्पती तथा सञ्जुदेवी चौधरीले लामो समयदेखि थापाथलीको फुटपाथमा व्यापार गर्दै आएका छन् । नगर प्रहरीले उनीहरूलाई कैयौँपटक लछारपछार गरिसकेको छ । २० वर्षदेखि आफूहरूले फुटपाथमा व्यापार गर्दै आएको उनीहरू बताउँछन् ।
नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे फुटपाथ व्यापारीमाथि महानगर लचिलो नबन्ने बताउँछन् । काठमाडौंका धेरै चोकमा फुटपाथ उठाएर पैदलयात्रुका लागि सहजकीकरण गरिएको उनको भनाइ छ ।