२०८१ मंसिर ८ , शनिवार

वलिङ एयर एभी मिडिया टेष्ट ड्राइभ सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । इभी नेपाल मोटर्सले वलिङ एयर एभी मिडिया टेष्ट ड्राइभ समारोह काठमाडौंको हायात रेजेन्सीमा सम्पन्न गरेको छ । लामो समयदेखि फोर ह्रवीलर्स बिक्रिबितरण गर्दै आएको इ भी नेपाल मोटर्सले ग्राहकहरुको अपार माया र सन्तुष्टिपछि अत्याधिक सेवा सुबिधा दिलाउने उद्देश्य लिई उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

 

पीटी एसजीएमडब्लु मोटर इन्डोनेसिया अन्र्तगत वलिङ एयर एभी मिडिया टेष्ट ड्राइभ समारोह सम्पन्न गरेको हो । इलेक्ट्रिक गाडी बिभिन्न मोडेल र पाँच रंगहरुमा उपलब्ध रहेका छन् । २००/३०० किमि माइलेज रहेको चार घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ बर्ष वारेन्टी सुबिधा रहेको संसारकै बढी बिक्रिमा परेको इभी नेपाल मोटर्स (बज्रग्रुप) ले डीलर संजाल बढाएर अब नेपालभरी नै बिकी्र वितरण गर्ने लक्ष्य राखेको छ । इभी नेपाल मोटर्सका गाडीहरु ड्राईभिङ्गमा आत्मविश्वास बढाउनुका साथै अति सुरक्षित, सुबिधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ ।

 

ग्राहकहरुको चाहना अनुरुप मिडिया टेष्ट ड्राइभ समारोह सम्पन्न गरेको छ । साथै मिडियाहरुलाई पनि ब्यापार प्रवर्धन गर्न प्रोत्साहित गरेको छ । नेपाललाई धुवाँधुलो रहित बनाउने सोचका साथ अघि बढेको इ भी नेपाल मोटर्स ग्राहकहरुको माया र सन्तुष्टिले आज यहाँसम्म आइपुग्न सफल भएको कम्पनीले जनाएको छ ।