२०८१ मंसिर १३ , बिहिवार

पृथ्वी जयन्तीमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश: विचार र निष्ठाभन्दा अंकमा अल्मलियो राजनीति

सुनाखरी न्युज/ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिकता दुर्लभ बन्दै गएकाले राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको बताएका छन्।

 

उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको अहिलेको राजनीति विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक र आकारमा अल्मलिएको पनि बताए। उनले भनेका छन्- ‘हामीले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहका दिव्योपदेशहरुलाई आत्मसाथ गर्दै मौसुफले दर्शाइबक्सेको मार्गदर्शनलाई अनुसरण गर्न सकेको खण्डमा मात्र हाम्रो इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवम् संरक्षित हुनसक्छ भन्ने विश्वास लिएका छाैँ।’

पूर्वराजा ज्ञानेन्द्रले देश आफ्नै बाहुबल र आफ्नै शैली तथा ढाँचामा अघि बढोस् भन्दै राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्तमात्र हुने पनि उल्लेख गरेका छन्। उनले सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसमा राष्ट्रमा सुख हुननसक्ने पनि बताएका छन्। सरकारले पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते बुधबार सार्वजनिक बिदा पनि दिएको छ।

यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीमा दिएको सन्देश:

May be an image of text