२०८१ मंसिर १४ , शुक्रवार

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकिकृत कारोबार आजदेखि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले आज पुस २७ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू हुने भएकाे हाे ।

 

यी दुई बैंकलाई नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले मर्जरका लागि अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै बैंककाे मंसिर १३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकबाट नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (Merger) प्रकृयाको क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरेकाे थियाे । दुवै बैंकबीच जेठ २७ गते, शुक्रबार मर्जर सम्झाैता भएकाे थियाे । यी बैंक १००: ९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हाे ।

 

मर्जर पछि बैंकको नाम “ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । हाल मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ ।