मेधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त भएका छन् । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता यादवले ६३ सांसदको समर्थन सहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका गरेका थिए ।
त्यसपछि आजै प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सत्ता साझेदार दलहरुको सहमतिमा मधेश प्रदेश जनता समाजवादी पार्टीको भागमा परेको थियो ।
सोही सहमति अनुसार यादवलाई दलहरुले मुख्यमन्त्रीमा समर्थन गरेका हुन् ।