२०८१ आश्विन ६ , आइतवार

काठमाडौंको र्‍याम्पमा शोमा उत्रिँदै बलिउड अभिनेत्री मलाइका

सुनाखरी न्युज / काठमाडौं  – बलिउड अभिनेत्री मलाइका अरोरा नेपाली र्‍याम्प शोमा उत्रिने भएकी छन । नेपाल रत्न तथा आभूषण संघले होटल याक एन्ड यति दरबारमार्ग काठमाडौंमा आयोजना गर्न लागेको चौथो जेम ए ज्वेलरी एक्स्पोमा उनी र्‍याम्पमा देखिने भएकी हुन । शोमा अरोडाले नेपाली पोशाक र आभूषण र्‍याम्पमा प्रस्तुत गर्नेछिन । उक्त एक्स्पो यही पुस २९ गते शुक्रवारदेखि माघ १ गते आइतबारसम्म सञ्चालन हुनेछ भने एक्स्पोको अघिल्लो दिन अर्थात विहिबार साँझ आयोजना हुने ज्वेलरी फेशन शोमा अभिनेत्री अरोराले क्याटवाक गर्न लागेकी हुन ।

 

होटल याक एण्ड यतिमा साँझ ६ बजे प्रारम्भ हुने फेसन शोमा अरोरा प्रस्तुत हुन लागेकी हुन् । कार्यक्रममा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पुर्‍याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन । ज्वेलरी फेसन शोमा होटल याक एन्ड यतिमा साँझ ६ बजे हुनेछ । शोमा निःशुल्क प्रवेश पाइने आयोजकले जनाएको छ ।

 

आयोजक संस्थाका द्वितीय उपाध्यक्ष तथा एक्स्पो संयोजक शक्तिकुमार बेगानले ज्वेलरी फेशन शोमा अभिनेत्री अरोरा नेपाली पोशाक र आभुषणमा र्याम्पमा प्रस्तुत हुँदा आर। वी डाइमण्ड ज्वेलर्स, गणपति ज्वेलर्स नेपाल, सयपत्री ९मेरिगोल्ड० ज्वेलर्स, क्वीन्स ज्वेल्स्, धनश्री ज्वेलर्स, डि।सी। डाइमण्ड आदि विभिन्न प्रमुख ज्वेलर्स कम्पनीहरुले फेशन शो गर्ने छन् ।