२०८१ आश्विन ६ , आइतवार

अनमोलको चलचित्रमा भिटेनको गीत

सुनाखरी न्युज/ काठमाडौं। आगामी फागुन १९ गतेबाट रिलिज हुने चलचित्र ‘छड्के २’को एक गीतमा चर्चित र्‍यापर भिटेनले स्वर दिएका छन् ।बुधबार काठमाडौंको एक स्टुडियोमा भिटेनको स्वरमा चलचित्रको गीत रेकर्ड गरिएको हो ।

यो गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् । कथा सुहाउँदो भएकै कारण आफूहरूले भिटेनको गीत चलचित्रमा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए । अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्र पोस्टर सार्वजनिक भएसँगै चर्चामा छ । चलचित्रमा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर पनि मुख्य भूमिकामा छन् ।चलचित्रको चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।

 

काभ्रे फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कूल र लक्ष्मण काफ्ले छन् ।‘छड्के २’ रिभेन्ज ग्याङस्टर चलचित्र हो ।