२०८१ मंसिर १ , शनिवार

पृथ्वीजयन्तीमा बिदा दिने निर्णय ऐतिहासिक महत्त्वको छ : प्रधानमन्त्री दाहाल

सुनाखरी न्युज/ काठमाडौं। बुधबार गोरखा हरमटारी खेलमैदानमा सुरु भएको गोरखा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय अर्थपूर्ण रहेको बताए ।

 

‘अस्तिको दिन क्याबिनेटमा हामीले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गर्‍यौं,’ उनले भने, ‘यो आफैंमा धेरै अर्थपूर्ण र धेरै महत्त्वपूर्ण निर्णय हामीले लिएका छौँ । ’सरकारले गरेको उक्त निर्णयबाट नेपाल राष्ट्र, नेपाली जनता र गोरखा र गोरखाली जनताको समेत सम्मान भएको उनको भनाइ छ ।

 

‘यस अर्थमा दूरगामी र ऐतिहासी महत्त्वको छ,’ उनले भने,‘यस अवसरमा हार्दिक बधाइ र शुभकामना भन्न चाहन्छु ।’ सरकारले ३०१ औं पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।