२०८१ मंसिर १ , शनिवार

साल्ट ट्रेडिङ कर्पोरेसनले गर्‍यो लाभांश घोषणा

सुनाखरी न्युज/ काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस २८ गते बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि लगानीकर्ताहरुलाई संचित मुनाफाबाट कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

 

जसमध्ये कम्पनीले लगानीकर्ताहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। यस्तै कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ३५ लाख रहेको छ।

 

कम्पनीले आव २०७७/७८ मा लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।