सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सबीच भेटवार्ता भएको छ।
जर्मन राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । उक्त अवसरमा प्रधानमन्त्री दाहालले जर्मनीको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका थिए।
प्रधानमन्त्री सचिवालयका अनुसार दाहालले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वाससमेत व्यक्त गरेका थिए। राजदूत प्रिन्सले संसदबाट बहुसंख्यक सांसदको समर्थन पाएकामा प्रधानमन्त्री दाहाललाई बधाई पनि दिएका थिए।