२०८१ आश्विन ६ , आइतवार

बलिउड अभिनेत्री मलाइका फर्किइन् स्वदेश

सुनाखरी न्युज/ काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा स्वदेश फर्किएकी छन् । नेपाल रत्न तथा आभुषण संघले राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीबार साँझ आयोजना गरेको फेसन शोमा सहभागी जनाउन बिहीबारनै नेपाल आएकी उनी आज (शुक्रबार) स्वदेश फर्किएकी हुन् ।

 

उनी मध्यान्न १२ बजेको स्वदेश फर्किएको आयोजकले जनाएको छ । फेसन शो मलाईका ‘शो स्टपर’को रुपमा र्याम्प वक गरेकी थिइन् । शोमा उनले नेपाली गहना र पहिरन लगाएर र्याम्प वक गरेकी थिइन् । फेसन शोमा सहभागी पुर्व नेपालमा हुँदा कस्तो अनुभव भइरहेको छ भनेर उनलाई सोधिएको प्रश्नमा उनले यहाँ आउँदा आफूलाई निकै खुसी लागेको र आमन्त्रण गरेकोमा धेरै खुसी लागेको बताएकी छिन् ।

 

नेपाल भ्रमण आफ्नो पहिलो नभई यसअघि पनि धेरैपटक नेपाल भ्रमणमा आइसकेको बताएकी उनले नेपालको फेसन, सङ्गीत र फिल्मबारे केही मात्रै जानकारी भएको बताएकी थिइन् ।