सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले आफ्ना शेयरधनी लाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे अनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार आ.व. २०७८÷७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट शेयरधनी लाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । ३८ वर्ष देखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले यस वर्ष पनि ‘क’वर्गको बैंकहरु मध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ । साधरणसभाले संस्थापक शेयरधनी समूहतर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलयमुखर्जी र ए.आर.एम. नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ ।
नबिलबैंक आ.व. २०७८÷७९ मानिजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ हासिल गर्न सफल भएको बैंक हो । समीक्षा वर्षको मुनाफा बाट प्रस्तावित बोनस शेयर पश्चात बैंककोचुक्तापूँजी यस वर्ष रु.२७अर्ब नाघेको छ । नबिलबैंकले नेपालको बंैकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरू लाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए ।
उनले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्चप्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामीदिनमा निरन्तरता दिने प्रतिवद्धता गरे । बैंकले स्थापनाकालदेखि हालसम्मरु. १९ अर्ब भन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरि सकेको छ ।