सुनाखरी न्युज/ काठमाडौं । प्राइम कमर्सियल बैंक लि.को १५ औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा कार्की ब्याङ्क्वेट, ववरमहल, काठमाडौंमा सम्पन्न भयो ।
सभाले आर्थिक बर्ष २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित ग¥यो । सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता पूँजीको ४.९५% (चार दशमलव नौ पाँच प्रतिशत) का दरले नगद लाभांश र चुक्ता पूँजीको ४% (चारप्रतिशत)का दरले बोनस शेयर दिने निर्णय भएको छ ।
चुक्ता पूँजीको ४% (चार प्रतिशत) का दरले बोनस शेयर दिएपछि बैंकको चुक्तापूँजी १९ अर्व ४० करोड भन्दा बढि हुनेछ । बैंकको नियमावली अनुसार उक्त सभाबाट संस्थापक शेयरधनीहरूको तर्फ बाट सञ्चालक पद ३ मा राजेन्द्र दास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण शेयरधनीहरूको तर्फ बाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित हुनु भएको छ ।