सुनाखरी न्युज/ काठमाडौं । यती एयरलाइन्सको एटिआर–७२ बीमान दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव व्यवस्थापन र बिमा रकम भुक्तानीमा सहजिकरण गर्ने निर्णय भएको छ ।
सोमबार बिहान राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सो निर्णय गरेको बिमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले जानकारी दिए । ‘बीमाको रकम भुक्तानीमा समस्या छैन्’ अध्यक्ष सिलवालले भने– ‘बीमा रकम प्राप्त गर्ने व्यवस्था हुन्छ, शव व्यवस्थापनमा कसरी आफन्तहरुलाई सहजीकरण गर्ने भन्नेबारे छलफल भएको छ ।’
बैठकमा मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल सहितका अधिकारी सहभागी थिए । पोखराको सेती खोंचमा भएको दुर्घटना परेर ज्यान गुमाएका विदेशी नागरिकको शव पोष्टमार्टम गरेर विदेश पठाउने व्यवस्था गरिने अध्यक्ष सिलवालले बताए ।