२०८१ मंसिर १४ , शुक्रवार

कृषि विकास बैंकले दियो विद्यालयलाई ४ लाख रुपैयाँ

सुनाखरी न्युज/ काठमाडौं । बन्दीपुरमा अवस्थित तनहुँकै जेठो विद्यालय भानु माध्यमिक विद्यालयलाई कृषि विकास बैंक(ADBL)ले विद्यालयलाई आवश्यक फर्निचर व्यवस्थापन गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

 

पुस २९ गते विद्यालयको ७२ औं बार्षिकोत्सवको उपलक्षमा आयोजित कार्यक्रमको अवसरमा बैंकका कामु उपमहाप्रवन्धक प्रेम कुमार श्रेष्ठले उक्त रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्योति कुँवरलाई बैंकको तर्फबाट हस्तान्तरण गरेका छन् । उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको शाखा कार्यालय डुम्रे, तनहुँका प्रवन्धक पुरुषोत्तम पराजुलीको पनि उपस्थिति रहेको थियो ।

 

सो अवसरमा उपमहाप्रवन्धक प्रेम कुमार श्रेष्ठले २०७२ सालमा आएको भूकम्पका कारण विद्यालयको भवन पूर्णरुपमा क्षति भएपछि नेपाल सरकार र अन्य दाताहरुको सहयोगमा विद्यालयको भवन पुननिर्माण भएता पनि अझै अन्य भौतिक संरचनाहरुको व्यवस्था गर्न बाँकी रहेको अवस्थामा बैंकको तर्फवाट केही हदसम्म भए पनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि थप सहकार्य गर्न सकिने बताए ।