सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुन र चाँदी निरन्तर दोस्रो दिन सस्तिएको छ। रेकर्ड स्तरको मूल्य पछ्याइरहेको सुन, मंगलबारदेखि सस्तिन थालेको हो।
मंगलबार १०० रुपैयाँ घटेर १ लाख ५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन प्रतितोला ६०० रुपैयाँ घटेर १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सुनसँगै यस दिन चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी प्रतितोला १५ रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ।