२०८१ पुष १४ , आइतवार

विश्वकै जेष्ठ नागरिकको निधन

सुनाखरी न्युज/ काठमाडौं । विश्वकै सबैभन्दा बढी उमेरकी महिला दाबी गरिएकी फ्रेञ्च नागरिक ल्युसिल रैडनको ११२ वर्षको उमेरमा निधन भएको छ ।

 

फ्रान्सको टुलान शहरको आफ्नै निवासमा उनको निधन भएको हो । उनको जन्म सन् १९०४ मा भएको थियो । १९ वर्षको उमेरमा उनी उपासिका बनेकी थिईन भने उनी सिस्टर आँद्रेको नामले परिचित थिइन् ।

 

गत वर्ष ११९ वर्षका सबैभन्दा बढी उमेरका पुरूष जापानका केन तनाकाको निधन भएको थियो । तनाकाको निधनपछि रैडन विश्वका सबैभन्दा ज्येष्ठ नागरिक दाबी गरिएको थियो । एजेन्सी