२०८१ मंसिर ८ , शनिवार

टाटा मोटर्सले लोकप्रिय नेक्सन ईभीको मूल्य घटायो

सुनाखरी न्युज/ काठमाडौं । टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय Suv Nexon EV को मूल्य घटाएको छ। आधार ट्रिमको मूल्यमा ५०,००० रुपैयाँ भारु कटौती गरिएको छ।

 

यो १४.९९ लाख शोरूमबाट १४.४९ लाख रुपैयाँ भारुमा झरेको छ। साथै, Nexon EV Max मा नयाँ भेरियन्ट XM पनि थपिएको छ। यसको मूल्य १६.४९ लाख रुपैयाँ छ । Nexon EV सार्वजनिक भएको ३ वर्ष पूरा भएपछि मूल्य घटाइएको हो ।

 

टाटा मोटर्सले नेक्सन ईभी म्याक्स दायरा पनि अपडेट गरेको छ। अब यसले ४५३ किलोमिटरको रेन्ज पाउनेछ जुन पहिले ४३७ किलोमिटर थियो । यसको दायरा १६ किलोमिटरले बढाइएको छ । एजेन्सी