सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी ब्यबसायी महासंघ गण्डकी प्रदेश को तेस्रो प्रदेश सभा साधारण सभा कार्यक्रम सभापति चन्द्र किशोर गौतमको सभापतित्व र गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री माननीय खगराज अधिकारी को प्रमुख आतिथ्यमा सम्पन्न भयो।
प्रमुख अतिथि मुख्य मन्त्री ज्युले कला र शिप सँस्कृति युक्त ब्यवसायलाई ब्यबस्थित गर्नु पर्छ। हाम्रा आमा दिदी बहिनी हरुले लगाउने मानवीय पानीमा चोरले छर्किएन चोखो शुद्ध बनाउने, शरिरलाई इनर्जी दिने महंगो र धातुको राजा सुनको कारोबार गर्ने व्यवसायीहरु एकताबद्ध हुनुहोस् ।यस ब्यबसायमा खरीदार गर्दा सानो सावधानी नअप्दाउदा ब्यवसायी कानुनी दायरामा परेको हामले सुनेका छौं। अब यसको समाधान गर्नकानिम्ति योजना बनाएर आउनुहोस् सभापति ले सही कुरा राख्नु भएको छ। हामी आफ्नो दाउराबाट सहयोग गर्ने छौं। तपाईं व्यवसायीहरु लाइ सुन बाहिरबाट ल्याउनु पर्छ त्यो पनि थोरै मात्र ।हाम्रो प्रदेश को कालीगण्डकी बाट सुन बगेर गएको छ त्यस्तै यस प्रदेशमा अरुपनि थुप्रै खनिज पदार्थ छन हामीले उत्खनन् गरि हाम्रो प्रदेशलाई धनी बनाउनु पर्छ। ब्यबसायीका पनि केही समस्या समाधान हुन्छ, तपाईंहरू ढुक्क हुनुहोस्। महासंघका निवर्तमान अध्यक्ष मोहन कुमार सुनारले सुनचाँदी व्यवसायीलाई आवस्यक कच्चा पदार्थ कम आयात गर्दा सिजनमा पसल बन्द गर्न पर्ने अवस्था छ । ब्यबसाय संचालन कार्यबिधी, मापदण्ड निर्देशिका सरकारले नबनाउनु ब्यबसायी अन्योलमा छन।यतिका वर्ष सम्मको प्रयास राज्यले सुन्दैनन् भने अब आन्दोलन मा जानुको बिकल्प छैन। ।महासंघले सदस्यता र ल्याएका आधारमा प्रदेशबाट सुनको बितरण सिफारिस गर्दा मोफसलका ब्यबसायी हरुलाई धेरै राहत हुने बताउनु भयो।
गण्डकी प्रदेश का माननीय डिल कुमारी पौ बि बिश्वकर्माले सुन दलालीको हातमा गएकाले दुर दराजका ब्यबसायी समस्या मा छन।यसको अन्त हुन आवश्यक छ। गण्डकी प्रदेशले कोविड_१९ को महामारी मा कोविड हेल्पडेक्स समिति गठन गरि ब्यबसायी बचाउने कार्यको लागि सम्मान गर्न चाहन्छु ।म र मेरो परिवार ऋणी छौं। समाजले समेत बेवास्ता गरेको बेला तपाईहरूले सहयोग गर्नु भयो। प्रदेश महासंघको कार्यलाई म प्रदेश साँसदको हैसियतले सहयोग गर्नेछु। माननीय गोबिन्द नेपालीले सुनचाँदी ब्यबसायी मा धेरै समस्या छन।यसको लागि कानुन ब्यबसायी,प्रदेश साँसद,बिभागिय सचिव हरु प्रहरी हरु सहित बहस चलाउनु होस त्यसको निस्कर्ष प्रदेश सभामार्फत एेन कानुन निति निर्देशिका बनाउन पहल गर्ने छौं भन्नुभयो। महासंघका उपाध्यक्ष निर्मल बिश्वकर्माले म गण्डकी प्रदेशको संस्थापक भएको र महासंघको उपाध्यक्षको रुपमा रहदा गण्डकी प्रदेशले अरु प्रदेश भन्दाअघि उदाहरणीय कार्यहरू गरेको बताउनु भयो।
महासंघका सचिव केस बहादुर सुनारले प्रदेश ले कालिगढ तालिम संचालन गर्दा काेविड महामारी ले संचालन रोकिए पनि पुन प्रदेश सरकार सँग मिलेर संचालन गर्नुपर्ने र यस्ता राम्रा कानको लागि महासंघले सहयोग गर्ने बताउनु भयो। कार्यक्रम मा महासंघका सचिव बाबुराम विश्वकर्मा नवलपुर जिल्ला समन्वय समिति को प्रमुख हुनुभएको मा दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।यसै अवसरमा उहाँले यस्तो सर्हानिय कार्य प्रति आभार प्रकट गर्नु भएको थियो। कार्यक्रम मा मधेस प्रदेशका सभापति राम जि साह,प्रदेश सांसद गोबिन्द नेपाली र डिलमाया पौ बि विश्वकर्मालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो। सभामा केन्द्रीय सदस्यहरू मनकाजी घमाल,सुदेशचन्द्र राजभण्डारी निर्मल दियाली र हरि बहादुर बिश्वकर्माले बोल्नु भएको थियो।
दोस्रो सत्रमा कोषाध्यक्ष नेत्र बहादुर बिश्वकर्माले आर्थिक प्रतिवेदन,सचिव रविन बिश्वकर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। सुझाव सहित परित गरिएको थियो। साधारण सभाले चोरीजन्य समस्या समाधान प्रदेश स्तरिय,निति नियम निर्देशिका भैपरी आउने अन्य कार्यका लागि सभापति चन्द्र किशोर गौतम को संयोजकत्वमा प्रदेश पदाधिकारीहरू र जिल्ला अध्यक्ष हरु रहने गरि १६ सदस्यिय समिति गठन गरिएको र जिल्ला अध्यक्ष पुर्ण बहादुर बिश्वकर्मा,देव बहादुर बिश्वकर्मा,बिनोद कुमार बिश्वकर्मा,ठाकुर बि पौडेल र राजेसमान बुद्धाचार्यले बोल्नु भएको थियो। कार्यक्रम संचालन सचिव रबिन बिश्वकर्माले र धन्यवाद सहित कार्यक्रम समापन जिवन कुमार बिश्वकर्माले गर्नु भएको थियो।