२०८१ पुष २९ , सोमवार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित, अन्य पदमा को को ?

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी विजयी भएका छन् । संघको ७ वटा पदाधिकारीमा मञ्चको ५ वटा उम्मेदवार विजयी भएका छन् ।

 

संघको २९औं साधारण सभामा भण्डारीले १९९ मत ल्याई विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी रहेका कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कुमुद खनालले १३१ र लोकतान्त्रिककै भुवनसिंह गुरुङले १५७ र माओवादीनिकट व्यवसायी ईश्वरबहादुर जिसीले १२१ मत प्राप्त गरेका थिए ।

 

संघको प्रथम उपाध्यक्ष डिकबहादुर ९कुमार० खत्री ९२५३०, द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ ९२६३०, तृतीय उपाध्यक्ष रोशन कटुवाल ९१९२०, महासचिव मेघनाथ भुर्तेल ९२६३०, सचिव कर्णराज कटुवाल ९२४१० र कोषाध्यक्ष सरिता घले ९२२८० निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यहरूमा राजेन्द्र बस्नेत ९२९१०, विक्रम श्रेष्ठ ९२४६०, देवीमाया थापा ९२४५०, बैकुण्ठप्रसाद पौडेल९२३२०, कैलाश पाठक ९२३००, देउमान नेम्वाङ ९२२४०, आनन्द कोइराला ९२१८०ं, नारायण भुषाल ९२१७०, तोरणकुमार कार्की ९२१२०र चन्द्रबहादुर लिम्बू ९२१०० निर्वाचित भएका हुन् ।

संघको  शुक्रबार सम्पन्न  २९औं साधारण सभामा नवनिर्वाचित भण्डारीले १० हजार सेवा शुल्क निर्णय खारेज गरी अन्तर्राष्ट्रिय प्रचलनअनुसार कामदारले पाउने एक महिनाको तलबबराबरको रकम व्यवसायीले सेवा शुल्कबापत लिन पाउने व्यवस्था गर्न आफ्नो कार्यसमितिको पहलकदमी रहने बताए ।