सुनाखरी न्युज/ काठमाडौं । नेपालमा रहेको युरोपियन युनियन (ईयू) ले शुक्रबार विज्ञप्ति जारी गर्दै भर्खरै पोखरामा भएको यती एयरलायन्सको दुर्घटनाका कारण नागरिक उड्डयन प्राधिकरणसँगको आपसी सहमतिपछि अन-साइट मूल्यांकन हाललाई स्थगन गर्नुपरेको जनाएको छ ।
ईयूले मंसिर १२ गते एक विज्ञप्तिमार्फत हवाई क्षेत्र हेर्ने युरोपियन एभिएसन सेफ्टी एजेन्सीको महानिर्देशक (डीजीमूभ) नेतृत्वको टोलीले नेपालको हवाई क्षेत्रमा भएका पछिल्ला सुधारको मूल्यांकन गर्न चाँडै नेपाल आउने जनाएको थियो । तर, माघ १ गते भएको यती एयरलायन्सको एटीआर विमान दुर्घटनाका कारण ईयू अहिलेलाई पछि हटेको हो ।
उसले अहिलको दुःखद् क्षण सामना गरिएको प्राधिकरणले घटना जाँच गर्न सरकारले गरेको अनुसन्धानलगायतमा सघाउनुपर्ने भएकाले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोगहरू पनि जारी रहने भनेको छ ।