२०८१ आश्विन ६ , आइतवार

अभिनेत्री रविना टण्डनकी छोरी फिल्ममा डेब्यु गर्दै

सुनाखरी न्युज/ काठमाडौं । भारतीय अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी चाँडै नै बलिउडमा डेब्यु गर्ने भएकी छन् । १७ वर्षीया राशा निर्देशक अभिषेक कपूरको आगामी एक्सन फिल्ममा मुख्य भूमिकामा देखिनेछिन् ।

 

उनीसँगै अजय देवगनका भतिजा अमन देवगन पनि यो फिल्ममार्फत बलिउडमा प्रवेश गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार अभिषेक कपुरले यो प्रोजेक्टमा काम सुरु गरिसकेका छन् । यद्यपि फिल्मको नाम भने फाइनल भइसकेको छैन । यो फिल्ममा अजय देवगनको पनि महत्त्वपूर्ण भूमिका रहने बताइएको छ ।

 

फिल्मको कथासँग सम्बन्धित कुनै पनि जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो फिल्मको छायाङ्कन यसै वर्ष सुरु हुनेछ । अभिषेकले अहिलेसम्म सुशान्त सिंह राजपूत, फरहान अख्तर, राजकुमार राव, सारा अलि खान जस्ता धेरै सेलेब्सलाई लञ्च गरिसकेका छन् । यस्तो अवस्थामा राशा र अमनको सुरुवात निकै बलियो हुने अनुमान गरिएको छ । एजेन्सी