२०८१ आश्विन ६ , आइतवार

अभिनेत्री आथिया शेट्टी र केएल राहुल आजबाट वैवाहिक जीवनमा बाँधिदै

 

सुनाखरी न्युज /काठमाडौं– बलिउड अभिनेत्री आथिया शेट्टी र केएल राहुल आजबाट वैवाहिक जीवनमा बाँधिदै छन्। २ दिनदेखि सुनिल शेट्टीको खण्डाला फार्म हाउसमा आथिया र केएल राहुलको विवाह समारोह चलिरहेको छ ।

 

आथिया शेट्टी र केएल राहुलले लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए । यी दुई प्रायः पार्टीमा सँगै देखिन्थे।

अभिनेता अजय देवगनले पोस्टमा लेखेका छन , ‘मेरो प्यारा साथी सुनील शेट्टी र माना शेट्टीलाई छोरी आथिया र केएल राहुलको विवाहको लागि धेरै धेरै बधाई।