२०८१ आश्विन ६ , आइतवार

विपिन कार्की अभिनीत फूलबारी को ट्रेलर सार्वजनिक

सुनाखरी न्युज / काठमाडौँ – फागुन ५ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘फूलबारी’ले ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा छोराछोरी सक्षम भएपछि पराया हुने विषयलाई प्रमुखताका साथ देखाइएको छ । बलिउड फिल्म ‘बागवान’को झल्को दिने ट्रेलरले बुबा आमाले सिरिखुरी सकेर सन्तानको भविष्यमा बनाउने तर बनेपछि सन्तान भने कर्तव्य विमुख हुने कुरालाई फिल्मले उठाएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

 

सार्वजनिक ट्रेलरमा पारिवारिक असमझदारीले ल्याउने उतारचढावलाई देखाइएको छ। विपिन कार्की र अरुणा कार्की दम्पतीको भूमिकामा देखिएका छन्। ट्रेलरमा विपिन र अरुणाले दम्पतीको भूमिका निर्वाह गरेका छन् । एउटा सुखी र रमाइलो घर कसरी असमझारीले उजाडिन्छ र दाम्पत्य जीवनमा प्रेम कति महत्वपूर्ण छ भन्ने सन्देश यसले दिन्छ । छोराबुहारीले वृद्ध बाबुआमालाई गर्ने अपहेलनाको मर्मस्पर्शी दुःखान्त यसमा छ । समग्रमा पुस्तान्तरले एउटा मध्यमवर्गीय नेपाली परिवारमा ल्याउने संकटको कथा हो फूलबारी ।फिल्ममा विपिन र अरुणासँगै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय छ। विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको भूमिका रहेको फिल्मको ट्रेलर पारिवारिक सम्बन्धको कथावस्तुमा आधारित छ ।

 

यशोदा फिल्म्सको ब्यानरबाट निर्माण भएको फिल्ममा मनिष ढकाल निर्माता छन् भने मणिराम पोखरेल कार्यकारी निर्माता रहेका छन्।जोश हेरुमले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। यसै वर्ष रामबाबु निर्देशित फिल्म ‘कबड्डी ४’ ले सर्वाधिक व्यापारको रेकर्ड राखेको थियो।