२०८१ आश्विन ६ , आइतवार

शाहरुखको पठान आजदेखि प्रदर्शन

 

सुनाखरी न्युज / शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पठान’ आजदेखि नेपालमा प्रदर्शन भएको छ। विश्वभरिका १०० देशमा एकसाथ प्रदर्शन भएको यस फिल्मले नेपालमा पनि आक्रामक शो पाएको छ ।

 

यो फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले करिब साढे दुई करोड रुपैयाँमा नेपाल भित्र्याएको हो। दैशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘पठान’ लाई ११३ शो दिएको छ । त्यसैगरि, बिग मुभिज, वान सिनेमाज, क्युज सिनेमाज र एफक्युब सिनेमाजले पनि फिल्मलाई उत्साहजनक शो उपलब्ध गराएको छ ।

 

आजका धेरै शोहरु मंगलवार नै सोल्डआउटु भइसकेका छन। ‘पठान’ प्रदर्शन भएसँगै बन्द भइसकेका नेपालका ६ हलहरु पुनः सञ्चालन भएका छन्। वितरक मनोन राठीका अनुसार मोरङको विराटचोक, पाल्पा, गोरखा, सर्लाहीको बरथहवा, दोलखाको चरिकोट र उदयपुरको गाईघाटमा रहेका हलहरु फेरि सञ्चालनमा आएका हुन ।

 

पछिल्लो केही महिना यता नेपाली फिल्महरुले व्यापार गर्न सकिरहेका छैनन। तर, यस फिल्मको प्रदर्शनसँगै हलमा पुरानै माहोल फर्किने हलसञ्चालकको आशा छ।सिद्धार्थ अन्नद निर्देशित फिल्ममा शाहरूख, दीपिका र जोनको साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय छ। सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि यो शाहरूखको कमब्याक फिल्म हो ।